|

सल्यान : बाफुखोलाका बाढीपहिरो पीडितहरुले आफूहरुलाई गाँसभन्दा बासको समस्या रहेको बताएका छन्। केहीको घर पहिरोले बगाएको र अधिकांशको घर उच्च जोखिममा रहेकाले बासको व्यवस्था गर्न उनीहरुको माग छ।

बस्ने ठाउँ नै नभएकाले गाँसभन्दा पहिले सुरक्षित बासको व्यवस्थापन गर्न पीडितहरुको आग्रह छ। घरको दुवैतिरबाट बाढीले घर जोखिममा पारेकाले उक्त घरमा बस्न नमिल्ने बताउँदै बस्ती स्थानान्तरणको व्यवस्था गर्न पीडित दुर्गाबहादुर वलीले माग गरे। उनले भने, ‘मकै पाक्दै गरेकाले गाँसको समस्या नपर्ला तर यहाँ रात कहाँ काट्ने भन्ने चिन्ताले सताइरहेको छ। कति रात विद्यालयमा काट्ने हो?’

यस्तै, दुवै घर बाढीले बगाएर बेघर भएका वीरसिंह डाँगीले छजनाको परिवारलाई बसाल्ने ठाउँ नभएको दुखेसो पोखे। सरकारले तत्काल बासको व्यवस्था गर्न पहल गर्नु पर्ने उनको पनि माग छ।

बाफुखोलामा बाढी पहिरोले तीन घर पूर्ण रुपमा क्षति पु¥याएको छ भने झन्डै २ ०० घर जोखिममा हुँदा ७१ घरपरिवार विस्थापित भएका छन्।

प्रदेश सरकारको तर्फबाट राहत वितरण 

कर्णाली प्रदेश सरकारले सल्यानको बाफुखोला बाढीपहिरो पीडिताई राहत वितरण गरेको छ। भदौ ३ गते राति आएको बाढीपहिरोले घरबारविहीन भएका घरपरिवारलाई राहत वितरण गरिएको हो। 

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले प्रकोप पीडितलाई राहत वितरण गरेका हुन्।

राहत हस्तान्तरण गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेश सरकारले कर्णालीबासी सबैका घरको बिमा गरेकाले पूर्ण रुपमा क्षति भएका घरपरिवारलाई एक लाख रुपैयाँ बिमा वापतको रकम उपलब्ध गराउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.