|

डडेल्धुरा : सुदूरपश्चिममा मंगलबार एकै दिन एक सय २९ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप एक सय २९ जनामा संक्रमण पुष्टि भएको हो।

तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८÷८ र डडेल्धुराका दुई जनामा संक्रमण देखिएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।

अछामको चौरपाटी गाउँपालिकका १२, साँफेबगर नगरपालिकाका ५ र मंगलसैनका एक जनामा संक्रमण पुष्टि भएको छ। 

कैलालीको धनगढी उप–महानगरपालिका–१ का चार, वडा नम्बर ५ का दुई, वडा नम्बर २ का १, लम्कीचुहाका नगरपालिकाका ५, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। यस्तै डोटीको आदर्श गाउँपालिकका एक जनामा पनि कोरोना देखिएको छ। 

मंगलबार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४÷४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छबीसपाथिभेरा गाउँपलिकाका ६ र दुर्गाथली गाउँपलिकाका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले बताए। डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा पनि कोरोना देखिएको छ। 

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए। संक्रमित सबै डोटी जिल्लाका हुन्।

जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ३९ पुगेको छ। 

कोरोना मुक्त हुनेको संख्या ४४ सय 

सुदूरपश्चिममा कोरोना मुक्त हुनेको संख्या चार हजार चार सय पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिलेसम्म यसबारे जानकारी दिएकाे हाे। 

हालसम्म सबैभन्दा बढी कैलालीका एक हजार तीन सय एक जना संक्रमित डिस्चार्ज भएका छन्। अछामका सात सय १३,  कञ्चनपुरका पाँच सय ८१, डोटीका पाँच सय ७६ र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट एक सय १० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात् संक्रिय संक्रमित नौं सय २९ रहेका छन्। सोमबारसम्म संक्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमण पुष्टि भएका यहाँका १२ जनाले ज्यान गुमाएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.