|

काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ८४ वर्षीय वृद्धको मृत्यु भएको छ। सिराहा जिल्ला भदैया-६ का संक्रमितको गएराती सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेडिसिन वार्डमा उपचार गराइरहेका संक्रमितमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मिर्गौलाको समस्या खेपिरहेका ती वृद्धले लामो समयदेखि डायलासिस गराइरहेका थिए।

मृतकमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.