|

दैलेख : जिल्लाको पश्चिममा पर्ने ठाटिकाध गाउँपालिकाकी एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गाउँपालिका १ की २३ वर्षीय पार्वती शाही रहेकी छन् । 

बिहीबार उनलाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएका थियो। स्वास्थ्य केन्द्रमा बच्चा जन्मिसकेपछि अत्यधिक रक्तश्राव भएपछि समयमै उपचार नपाउँदा उनको ज्यान गएको हो। उनलाई थप उपचारका लागि सुर्खेत लगिए पनि ढिलो भएको थियो। कर्णाली प्रदेश अस्पतालले शुक्रबार राति पार्वतीलाई मृत घोषणा गरेको थियो।

बच्चा जन्मिएपछि अत्यधिक रक्तश्राव भएको र स्वास्थ्य केन्द्रले समयमै रिफर नगरदिँदा उनको मृत्यु भएको हो। साथै गाउँपालिकासँग हेलिकप्टर वा अन्य साधन व्यवस्था गरिदिन भन्दा पनि कसैले पनि वास्ता नगर्दा सुत्केरीले अकालमै ज्यान गुमाएकी उनको आफन्तले बताएका छन्। 

स्वास्थ्य केन्द्रकी निमित्त इन्चार्ज लक्ष्मी कुमारी रावतले भने स्वास्थ्यकर्मी लापरबाहीभन्दा पनि स्वाथ्य केन्द्रमा आवश्यक सामग्री र डाक्टर नहुँदा नर्मल अवस्थामा रिफर गरिएको भए पनि मृत्यु भएको बताइन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.