|

काठमाडौं : लामो समयसम्म लकडाउन भोगेपछि यतिखेर हामीले निषेधाज्ञा झेल्दैछौँ। अर्थतन्त्रदेखि सामाजिक क्षेत्रसम्ममा कोरोना महामारीको खराब प्रभाव देखिएको छ। विकास निर्माणका अधिकांश काम रोकिएका छन्‌।

तर, महामारीकै बीच पनि केही महत्वपूर्ण आयोजना/परियोजनाहरूमा निर्माणकार्य गारी छ। महामारीमा पनि निर्माणकार्य भइरहेकामध्ये एक आयोजना हो : धरहरा पुनर्निर्माण।

सामान्य अवस्थामा काम गर्दै आएका धेरै श्रमिकहरू कोरोना महामारी फैलिएपछि घर गए। तर, जे-जति जनशक्ति उपलब्ध छ : त्यसको सदुपयोग गर्दै सरकारले धरहरा बनाउने काम जारी राखेको छ। काठमाडौं उपत्यकाले निषेधाज्ञा झेल्दै गर्दा पनि धरहरा पुनर्निर्माण कार्य जारी छ।

पहिलो चरणको लकडाउन सकिएपछि कामदारहरु पुनः काममा फर्किएका छन्‌। अहिले धरहराको १३ औं तला ढलान गर्ने काम सकिएको छ। पार्किङ क्षेत्र निर्माणकार्य धमाधम भइरहेको छ। लकडाउनको समयमा ४० जना कामदारले निर्माणलाई निरन्तरता दिइरहेका थिए भने अहिले ३०० जनशक्ति धरहरा बनाउन खटिएका छन्‌। पाँच अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको धरहरा पुनर्निर्माण कार्यको ४२ प्रतिशत काम सकिइसकेको सरकारी अधिकारीहरूले बताएका छन्‌।

४२ रोपनी क्षेत्रफलमा फैलने धरहराको उचाई करिब ७७ मिटर हुनेछ। ​जिआइइटिसी-रमन जेभी कम्पनीले धरहरा निर्माणको ठेक्का लिएको छ। थप कलात्मक र अग्लो संरचनासहित धरहरा पहिलेकै शैलीमा तयार हुनेछ। 

निर्माणस्थलका तस्बिरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.