|

दैलेख : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ भने दुई जना घाइते भएका छन्। आइतबार बिहान आएको सुक्खा पहिरोले उक्त ठाउँका चार वटा घर पुरेको थियो। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले दिएको जानकारी अनुसार कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन, दुई महिनाको छोरा अक्कल, ७ वर्षीया छोरी हिमा छिन्।  

यस्तै  मृत्यु हुने अन्यमा सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु,६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापा रहेका प्रहरी प्रमुख ओलियाले बताए। 

पहिरोबाट पुन्या शाही र स्थानीय अर्जुन हमाललाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। प्रहरीका अनुसार पहिरोमा पुरिएका सम्पूर्णको उद्धार भैसकेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.