दुवैखाले बिरामीलाई एउटै स्वास्थ्यकर्मी खटाइएको स्वीकार

|

काठमाडौं : देशकै पुरानो र देशभरकै रिफररल अस्पताल वीर अस्पतालका चिकित्सकसहित ७१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि हाल वीर अस्पतालको सेवा नै प्रभावित भएको छ।

वीरका डाक्टर नर्स अन्य स्वास्‍थ्यकर्मी तथा अस्पतालमै भर्ना भएर उपचार गरिरहेका बिरामीसहित ७१ जनामा संक्रमण देखिएपछि हाल अस्पतालको ओपिडी सेवा नै प्रभावित भएको छ। हालसम्म वीर अस्पतालमा मात्रै १२ जना चिकित्सक, र न्याम्स अन्तर्गतका ४७ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका कोभिड स्वास्थ्यकर्मी र कर्मचारीसहित ७१ जनामा कोरोना पुष्टि भइसकेको हो।

यसकारण फैलियो वीरमा संक्रमण

 बिरामी सधैँ चाप हुने वीर अस्पतालमा कोभिड र ननकोभिड बिरामीलाई एकैठाउँ राखेर उपचार गर्दा संक्रमण फैलिएको अस्पतालका कर्मचारीहरू बताउँछन्। अस्पतालको युरो ट्रान्जिसनल वार्डमा कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरिएका कारण र त्यसै वडाका बिरामीमा संक्रमण देखिएको छ।

यति मात्र होइन,  कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्ने गरेको समेत पाइएको छ। कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा जोखिम बढेको भन्दै बिरामी र स्वास्थ्यकर्मी त्रसित भएका छन्। कोभिड र ननकोभिड बिरामीले प्रयोग गर्ने शौचालयसमेत एउटै छ।

युरो ट्रान्जिसनल वार्डमा ननकोभिड बिरामी भए पनि बीचमा सानो ढोका मात्र राखेर कोभिडका बिरामी राखेको नाम नलेख्‍ने सर्तमा अस्पतालका एक कर्मचारी बताउँछन्। कोभिडका बिरामीलाई राखिएको कोठा साँघुरो र पुरानो छ।

ती कर्मचारीका अनुसार उक्त वार्डमा ननकोभिडका ८ जना र कोभिडका ५ जना संक्रमित उपचाररत छन्। अस्पतालका ती कर्मचारीले भने, ‘अस्पतालमा यसरी संक्रमण फैलिनुको मुख्य कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरिनु र चिकित्सकले पनि दुवैथरी बिरामीलाई हेर्नु मुख्य कारण हो।‘

दुवैखाले बिरामीहरूलाई एउटै स्वास्थ्यकर्मी खटाइएको स्वीकार

यता, वीर अस्पताल प्रशासनले भने कोभिड र ननकोभिड बिरामीलाई एकैठाउँ नराखिएको बताए। कोरोना संक्रमितलाई नभई कोरोनाका शंकास्पद बिरामीलाई त्यहाँ राखिएर उपचार गरेको तर कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्नुपरेको भने उनी स्वीकार गरेको छ।

मापदण्डसहितको सुरक्षित व्यवस्थापन माग

यता, अस्पतालमा रहेको कर्मचारी युनियनले मापदण्डसहितको व्यवस्थापन गरेर उपचार गरी संक्रमणलाई रोक्न माग गरेको छ। अस्पतालको व्यवस्थापकीय कमजोरी र लापरबाहीले संक्रमणको जोखिम बढ्दै गएको भन्दै युनियनले एक विज्ञप्ति जारी गरी कोभिड–१९ को सुरक्षित व्यवस्थापनका मापदण्ड पूरा गर्न माग गरेको हो।

उनीहरूले कोभिडको व्यवस्थापनमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई ग्लोब्स, मास्क, पिपिई, फेस सिड एवं सेनिटाइजर नियमित उपलब्ध गराउन र आइसेलेसन र क्वारेन्टाइनको सुरक्षित र राम्रो व्‍यवस्था हुनुपर्ने माग गरेका छन्।

कोभिड भत्ता पाएको छैन भत्ता उपलब्ध गराउन यस्तै, संक्रमित कर्मचारीका लागि उचित सुविधासम्पन्न आइसोलेसन तथा उपचारको व्यवस्था मिलाउनुका साथै कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणको व्यवस्था मिलाउन र आवश्यकताअनुसार कर्मचारीहरुका लागि व्यवस्थित क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने पनि उनीहरूको माग छ।

वीर अस्पतालका इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते पहिलो पटक कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.