|

काठमाडौं : सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि विश्वमा भइरहेका नयाँ नयाँ उपचार पद्धति भित्र्याएको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्‍वभर अहिले भइरहेका अनुसन्धानात्मक प्रयासबारे सरकारले निरन्तर अध्ययन गरिरहेको जनाएको छ। कतिपय उपचार पद्धति भित्र्याएको र कतिपय भित्र्याउने चरणमा रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा भने ‘कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि विश्वभर अहिले भइरहेका अनुसन्धानात्मक प्रयासबारे सरकारले निरन्तर अध्ययन गरिरहेको उल्लेख गरे।

'कतिपय उपचार पद्धती भित्राएको र कतिपय भित्र्याउने चरणमा रहेको छ', उनले भने, 'विश्वका कतिपय देशहरुले परीक्षण गरिरहेका भ्याक्सिनको सफल परीक्षणपछि हाम्रो देशका नागरिकले पनि पाउने छन्। हामी सबैले आशा, विश्वास, भरोसा र प्रार्थना गरौं, भ्याक्सिनको सफल परीक्षण चाँडो सफल होस्।

यो रोगको रोकथामको प्रमुख उपाय नै भ्याक्सिन र जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै रहेकाले त्यसमा सबैले ध्यान दिनुपर्नेमा उनको जोड छ । यस रोगको संक्रमण बढेसँगै समाजमा सामाजिक विभेदका सोच र व्यवहारहरु देखा परेको भन्दै प्रवक्ता गौतमले यो नितान्त पुरातनवादी सोच र अन्धविश्वास रहेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.