|

जुम्ला : जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ।

प्रजिअ थापासहित ६ जनामा संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। 

प्रजिअ थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफु पनि संक्रमित भएको सामाजिक सञ्जालमा विहिबार सार्वजनिक गरेको हुन्।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उपस्थित भएका ३० जनाको स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.