|

सल्यान : सल्यानमा भदौ १ र ३ गते आएको अविरल वर्षासँगैको बाढी तथा पहिरोले ८०० रोपनीभन्दा जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको पाइएको छ। बाढीले खेतीयोग्य जमिन कटान गर्नु र पहिरोले पुरेको छ।

बाढीपहिरोले सबैभन्दा बढी बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा क्षति पुर्याएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।  कार्यालयका अनुसार बागचौर नगरपालिकामा ३०० रोपनीमा लगाएको मकै, ५५ रोपनीमा लगाएको आलुमा क्षति गरेको छ। यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा ४५ रोपनीमा लगाएको धानमा क्षति पुगेको कृषि कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले जानकारी दिए।

दार्मा गाउँपालिकामा २० रोपनीमा लगाएको मकै, कुमाख गाउँपालिकामा ६० रोपनीमा लगाएको धान, छत्रेश्वरी गाउँपालिकामा १०० रोपनीमा लगाएको मकै, ९५ रोपनीमा लगाएको धान, १५ रोपनीमा लगाएको सुन्तला र त्रिवेणी गाउँपालिकामा ७० रोपनीमा लगाएको मकै र ४० रोपनीमा लगाएको धानमा पूर्ण र आशिंक क्षति पुगेको बस्नेतले बताए।

क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउँदै सूचना अधिकारी बस्नेतले क्षति भएको ठाउँको स्थलगत अनुगमनपछि मात्र एकिन डाटा आउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.