|

दैलेख : सरकारी सम्पत्तिको दुरुपयोग कुन हदसम्म हुन्छ भन्ने उदाहरण सामाजिक सञ्जाल टिकटकमा भेटिएको एक भिडियोले बताउँछ। सरकारी सवारीसाधनको दुरुपयोग गरी बनाइएको एक टिकटक भिडियो अहिले खुबै चर्चामा छ।  

टिकटक हुँदै फेसबुकमा पनि भाइरल उक्त भिडियोमा प्रयोग भएको सरकारी सवारी साधन कालिकोट जिल्ला शुभकालीका गाउँपालिकाको भएको खुलेको छ। टिकटक भिडियो बनाउने सोही सवारी चालक सोही गाउँपालिकाका हुन्। 

उक्त भिडियो अर्कैले खिचेका छन्, तर चालक भने चलिरहेको गाडीबाटै ओर्लेर स्टन्ट देखाउन थाल्छन्‌। लगत्तै उनी चालकतर्फको ढोका खोलेर सडकको लिक काट्नै लागेको गाडीको स्टेरिङ समाएर गाडीलाई लयमा फर्काउँछन्। टिकटक भिडियो बनाउन दुरुपयोग गरिएको सरकारी सवारी साधन दुर्घटना भए ठूलै क्षति हुने भिडियो निर्माण गरेको स्थानलाई हेर्दा स्पष्ट देखिन्छ।

कर्णालीको कालिकोटमा विकासको महसुस गर्न नपाएका जनताले जिताएर पठाएका जनप्रतिनिधि करोडौंको गाडीमा सवार हुन्छ, न्अनि चालकले टिकटक बनाउन सरकारी सम्पतिमा यसरी खेलाँची गर्छन्। 

चालकलाई कारबाही गर्छौं : अध्यक्ष 

गाउँपालिकाको सवारी साधन टिकटक भिडियो बनाउन प्रयोग गरिएको जानकारी पाएलगत्तै सवारी चालकसँग सामान्य सोधपुछ गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए। उनले भोलि कार्यपालिकाको बैठक बस्ने भएकाले चालकलाई हटाउने वा पुन: गल्ती नगर्ने गरी काममा लगाउने निर्णय हुने बताए। 

कर्णाली प्रदेश ००१ झ ००९१ नम्बरको सरकारी गाडी गाउँपालिकामा सडक नपुगेकाले सदरमुकाममा राखिएको र सवारी चालक उमेश धिताल रहेको अध्यक्ष चौलागाईंले जानकारी दिए।  
 
जिल्ला प्रशासन कार्यालय कालिकोटले उक्त विषयमा कुनै पनि जानकारी नभएको बताएको छ। सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले गाउँपालिकाको सवारी साधन कुन विषयमा कुन ठाउँमा दुरुपयोग भयो भन्ने जानकारी नभएको बताए। 

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.