एकै दिन जिल्लामा अहिलेसम्मकै धेरै संक्रमित थपिए

|

बर्दिया : बाँसगढीमा संचालित चौधरी ग्रुप (सिजी फुड्स) का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन्। 

भेरी अस्पताल नेपालगन्जको कारोना प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतबार संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुर हुन्। संक्रमण पुष्टि भएका मध्येमा ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना छन् भने अन्य ४ जना विभिन्न जिल्लाका भएका स्वास्थ्य कार्यालयले जनाएको छ। 

यसअघि गएको बिहीबार चौधरी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत कामदारमा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको थियो। एक महिला कामदारमा कोरोना देखिएपछि कन्ट्याक ट्रेसिङमा परेका २ सय २४ जनाको स्वाब परीक्षण गरिएको थियो। 

त्यसमध्ये ४२ जनामा कोरोना देखिएको हो। आइतबार पनि कन्ट्याक ट्रेसिङमा परेका अन्य १ सय ५० जनाको स्वाब संकलन गरिएको छ। योसँगै बर्दियामा कुल संक्रमित संख्या ४ सय ७ पुगेको छ। कुल संक्रमितमध्ये ३ सय १८ जना डिस्चार्ज भएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.