|

तनहुँ : ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिप चालक म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय होम बहादुर श्रेष्ठ र सवार व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन्। 

६ जना घाइते भएका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। तिमिल्सिनाका अनुसार घाइते ५ जनाको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ। एक जनाको भने दमौलीस्थित समाधान अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको उनले बताए। 

मधुसुदन श्रेष्ठ र सन्तकुमार श्रेष्ठलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको उनले बताए। व्यास नगरपालिका–५ चापाघाटबाट खाल्टेतर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जिप दुर्घटना हुँदा कच्ची सडकबाट करिब ७० फिट तल खोलामा जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये एक जनाको सामान्य उपचारपश्चात् डिस्चार्ज गरिसकिएको उनले बताए। जिपका यात्रुहरु मृत्यु संस्कारमा भेटी लिएर खाल्टेतर्फ जाँदै थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.