काठमाडौं : टलिउड अर्थात् तेलगु फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ।
उनको आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको हो। उनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन्।
उनी तेलगु फिल्मका दिग्गज कलाकार रहेको भन्दै नायडुले रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।