वडाध्यक्ष भन्छन् : मलाई यसबारे केही थाहा छैन

|

महोत्तरी : जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खननमाथि प्रतिबन्ध लगाएको छ। तर खोला खनिने क्रम अझै रोकिएका छैन। कतै नगरपालिकाको मिलोमतोमा त कतै प्रहरी प्रशासनको मिलोमतोमै उत्खनन भइरहेको छ। कतिपय ठाउँ यस्तो छ– जहाँ क्रसर माफियाको राज नै चल्छ।

धनुषामा क्रसर माफियाले पर्यावरण अभियन्ता दिलीप महतोको हत्या नै गर्‍यो। धनुषामै बन्दुक (पेस्तोल) देखाएर उत्खनन् गरेको घटना पनि सार्वजनिक भयो। तर अझै महोत्तरीमा क्रसर माफियाको राज चलेको छ। बर्दिबास  नगरपालिका–६ स्थित सुमित बालुवा प्रशोधन उधोग प्रालिले दादागिरी शैलीमा नदी उत्खनन गर्दै आएको छ। 

केही दिन पहिला बर्दिबास नगरपालिका–६ किसाननगरस्थित रातु खोलामा करिव १५ लाखको लागतमा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध सुमित बालुवा प्रशोधन उद्योगले भत्काइदिएको छ। उत्खनन गर्ने उद्देश्य तटबन्ध भत्काएर बाटो निर्माण गर्न लागेको स्थानीय मनोज साहले बताए।

तटबन्धको सय मिटर पूर्व रहेको क्रसर उद्योगले रातको समयमा उत्खनन गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको स्थानीय बताउँछन्। उक्त क्रसर उद्योगको गाडी तटबन्धमाथि ग्राभेल हालेको र तटबन्ध माथिबाट टिपर र जेसिबी चल्छ। 

स्थानीय भन्छन्, ‘प्रशासनलाई जानकारी गराउँदा केही समयमै प्रहरी आए। प्रहरीले गाडी देखेर पनि नदेखेको जस्तो गरेर त्यहाँबाट फर्किए।’ तटबन्ध माथिबाट गाडी लान खोज्दा नयाँ निर्मित तटबन्धको केही भाग पूर्ण रुपमा क्षतिग्रस्त बनेको उनले सुनाए।

तटबन्ध माथिबाट बाटो निर्माण गर्न खोला उत्खनन गरिरहेका बेला स्थानीय देखेपछि रोक्न पुगे। तर क्रसरका मेनेजर सुनिल साहले आफूलाई वडाध्यक्षले भनेपछि मात्रै खनेको भनेपछि आफूहरु फर्केको स्थानीय बताउँछन्।

यता, बर्दिबास नगरपालिका–६ का वडाध्यक्ष पदम आलेले आफूलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको बताए। उनले आफूले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्ध माथिबाट बाटो निर्माण गर्न अनुमति नदिएको जिकिर गरे। 

सुमित बालुवा प्रशोधन क्रसर उद्योगका प्रतिनिधि मनोज बैठाले गाडी आवतजावत गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको बताए। यता बर्दिबास नगरपालिका–६ का वडा अध्यक्ष आलेले आफूलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको र आफूले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्धमाथिबाट बाटो निर्माण गर्न कुनै पनि किसिमको अनुमति नदिएको दोहोर्‍याए।

सुमित बालुवा प्रशोधन क्रसर उद्योगका प्रतिनिधि बैठाले गाडी आवतजावत गर्न उक्त तटबन्धमाथि बाटो निर्माण गर्न लागेको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.