अधिकारी भन्छन् : अहिले नै खोल्ने हो भने अस्पतालले थेग्दैन

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन पर्ने बताएको छ। कोरोना संक्रमण हुने क्रममा कमि नआएका कारण निषेधाज्ञालाई कम्तीमा एक साता लम्ब्याउन पर्ने मन्त्रालयले जना जनाएको हो।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ। मन्त्रालयले  उपत्यकामा कोरोनाको जोखिम नघटेको भन्दै जारी निषेधाज्ञा कम्तीमा एक साता निरन्तरता दिनुपर्ने जनाएको हो।

स्वास्थ्यको मापदण्डमा २०० भन्दा बढी सक्रिय संक्रमित भएका ठाँउमा लकडाउन र ५०० बढी संक्रमित भएका ठाउँमा कर्फ्यु नै लगाउने पर्ने हुन्छ। उपत्यकामा अहिले यी दुवै मापदण्डभन्दा माथि संक्रमण पुगेको छ। त्यहीकारण अहिले नै निषेधाज्ञा खोल्न नहुने अडान मन्त्रालयले लिएको हो।

अहिले बजार पूरै खोलिदिँदा अस्पताल र चिकित्सकहरुले संक्रमितको व्यवस्थापन गर्न गाह्रो पर्न मन्त्रालयले निचोड निकालेको छ। मन्त्रालयका एक उच्च अधिकारीले भने, 'अहिले नै निषेधाज्ञा खोलियो भने झनै संक्रमण बढ्छ। अस्पतालमा उपचार गर्ने ठाउँ हुँदैन। त्यसैले अझै एक साता कडा रुपमा निषेधाज्ञा गर्नु उचित हुन्छ।'

कतिपय विज्ञहरुले निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिइरहेका छन्। उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाई जनजीवन सामान्य बनाउनसमेत अनुरोध गरेका छन्।

उपत्यकाका नगरपालिका फोरमले सिमाबाट प्रवेश गर्ने नाकामा कडाई गर्न सिफारिस गरेको छ। फोरमले नाकामा सेना तैनाथ गरेर उपत्यका भित्रको जनजीवन खुकुलो बनाउन पर्ने मत राखेको छ। फोरमले यसअघि जस्तै निजी सवारी साधानलाई जोर बिजोर प्रणालीमा सञ्‍चालन गर्न सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.