|

बाजुरा : बाजुरामा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका-४ तोलीमा मदिरा पिएकालाई पक्राउ गर्दा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको हो।

सोमबार राति नगरपालिका-४ तोली बस्ने नरेन्द्र साउदलाई प्रहरीले स्थानीय बजारमा मदिरा पिएर होहल्ला गरेको भन्दै पक्राउ गरेको थियो। त्यसपछि मापसे जाँच गर्न उनलाई तोली स्वास्थ्य चौकी लगिएको थियो।

उनको जाँचपछि प्रहरी चौकी लैजाँदै गर्दा प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरेका हुन्। स्थानीयको ढुङ्गामुढा प्रहारबाट तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्‍नाले जानकारी दिए। 

उनका अनुसार प्रहरी सहायक निरीक्षक (असई) रघुवीर बढु, हवल्दार नारदसिं विष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका छन्। घाइते असई बढुको जिल्ला अस्पताल बाजुरा र अन्य दुई जनाको तोली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीमाथि आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको र अन्य चार जना फरार छन्। ‘तिनलाई पक्राउ परी मुद्दा गर्दा गरिसकेका छौं। फरार चारजनाको खोजी जारी राखेका छौँ,’प्रहरी निरीक्षक ठगुन्‍नाले भने।

त्रिवेणी नगरपालिकाले नगर क्षेत्रलाई मदिरा निषेधित घोषणा गरेको छ। तर त्यहाँ नगरपालिकाको घोषणालाई लत्याउँदै खुलेआम मदिरा बिक्री भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.