|

मुगु : छायानाथ रारा नगरपालिकाभित्रका पहिलो कोराना संक्रमित एकजना लेखा अधिकृतले आइसोलेसन व्‍यवस्थापानका लागि ५० हजार सहयोग गरेका छन्। गएको ८ गते कोरोना पोजेटिभ देखिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत लेखा अधिकृत सुरेशकुमार केसीले आइसोलेसन व्यवस्थापनका लागि ५० हजार सहयोग गरेका हुन्।

लेखा अधिकृतले आफनो दोस्रो परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा आइसोलेसन व्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेअनुसार १३ गतेको दोस्रो रिपोर्टमा नेगटिभ रिर्पोट आएको थियो।

कोरोना संक्रमण देखिएको ५ दिनमै कोरोनालाई जितेका केसीले बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई आफूले घोषणा गरेबमोजिमको रकम जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए।

आइसोलेसनमा रहँदा स्वास्थ्यका तल्लो तहका कर्मचारीहरु उपचार तथा अन्य कार्यमा खटिने भए पनि जोखिम भत्ता चिकित्सकले मात्र पाउने गरेकोले यो कार्यका खटिने सबैलाई जोखिम भत्ता दिनुपर्ने पनि लेखा अधिकृत केसीले बताए।

कोरोना संक्रमण रहेकै बेला लेखापालले सामाजिक संजालमा आफैँ आफनो नाम सार्वजनिक गर्दै आइसोलेसन व्यवस्थापनका लागी ५० हजार दिने घोषणा गरेका थिए।  आत्मबल भएमा कोरोनालाई सजिलै जित्न सकिन्छ त्यसैले संक्रमितलाई स्वास्थ्यकर्मी, घरपरिवार र आफन्तहरूले मनोबल बढाउने खालका कुराकानी, क्रियाकलाप गर्नुपर्ने भन्ने सन्देश दिएको प्रजिअ कृष्ण कुमार निरौलाले बताए।

मुगु जिल्लामा उनीसहित ४ जनालाई कोरोना संक्रमण देखिएकोमा सबै निको भएर घर फर्किसकेकाका छन्। जिल्लाबाट पछिल्लो समयमा गरिँदै आएका सबै स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट मात्र आउन थालेपछि स्वास्थ्य तथा जनासख्या मन्त्रालयले मुगुलाई कोरोना संक्रमित शून्य जिल्ला भनेर आफ्नो रेकर्डमा राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.