|

दमक : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष नाघिसकेको छ। तर अझै पनि वास्तविक अपराधीसम्म प्रहरी, प्रशासन तथा सरकार पुग्न सकेको छैन। यसअघि भएका अनुसन्धान प्रक्रियामा  कृयामा पनि सर्वसाधारणले विश्वास गरेका छैनन्। 

सो अपराधमा संलग्नलाई कार्वाही र पीडित परिवारलाई न्यायको माग गर्दै विभिन्न अभियान र आन्दोलन भए। तर सरकारले यो घटनालाई नेपथ्यमा घचेट्ने प्रयास गरि रहेको छ। यस घटनालाई लिएर वैदेशिक रोजगारीका लागि युएईमा रहेका झापा दमकका मोहन फुँयालले दबाब श्रृजनाका लागि र्‍यापमार्फत न्यायको खोजी गरेका छन्। 

लकडाउनको सदुपयोग

६ वर्ष देखि वैदेशिक रोजगारीका लागि विदेशमा रहेका उनले विश्वव्यापी लकडाउनको सदुपयोग गर्दै यो गीत र र्‍याप तयार पारेका हुन्। विदेशमा बसे पनि आफ्नो देशमा बढेको दण्डहीनताले आफ्नो मन पनि दुखाएको उनको भनाइ छ। 

बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई पनि सरकारले सार्वजनिक गर्न नसकेकाले दबाबका लागि र्‍याप तयार पारेको उनले बताए। ‘निर्मलालाई न्याय देऊ’ बोलको गीतको भिडियोासमेत तयार पारेर उनले सार्वजनिक गरेका हुन्। आफूलाई ‘मनमोहन’ नाममा सांगीतिक क्षेत्रमा स्थापित गर्ने संघर्षमा रहेका उनले युएईकै स्टुडियोमा गीत रेकर्ड गराएको र केही नेपालीको सहयोगमा भिडियो तयार पारेको बताए। 

बाल्यकालदेखिको धित

​झण्डै एक दशकअघि झापाकै दमकमा रहेको एक एफएममा कार्यक्रम प्रस्तोता भएर काम थालेका उनी त्यहाँ करिब साढे ३ वर्ष मात्र रहे। त्यसपछि वैदेशिक रोजगारीका लागि गए। 

तर सानैमा स्कुलका स्टेजहरु देखिनै आफ्नो आवाज पोख्दै आएका उनले अहिले विदेश पुगेर भए पनि सानैदेखिको धित मेट्न पाएको बताएका छन्। र्‍याप गीतमा आफूलाई स्थापित गर्ने लक्ष्यमा रहेका उनले र्‍याप भजन पनि तयार पारेर भिडियो सार्वजनिक गरेका छन्। लकडाउन हटेपछि आफ्नै देशमा आएर सांगीतिक जीवनलाई अघि बढाउने लक्ष्य रहेको उनले बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.