|

तनहुँ : तनहुँमा ५ सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका ५ सशस्त्र प्रहरीसहित आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका स्थानीयमा भाइरस पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालायले जनाएको छ। 

निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भानुस्थित सशस्त्र प्रहरी बलका ३२ वर्षका ३ जना र ३१ वर्षका दुई प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भानु नगरपालिका–१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु–६ का ६२ वर्षीया महिला, ५१ र ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। 

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–५ का ५९ वर्षीय पुरुष, आँबुखैरेनी–३ का ५१ वर्षीय पुरुष र भिमाद–६ का २० वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ५ जनामा कोरोना भएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.