प्रजिअ भन्छिन् : प्रहरीले अनुसन्धान गर्दैछ

|

भक्तपुर : भक्तपुरमा एक बालकसहित एउटै परिवारका ३ जनाको शव घरभित्र भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार भक्तपुरको थिमी नगरपालिका वडा नम्बर ९ निकोसेरामा एउटा घरभित्र घरधनीसहित उनकी श्रीमती र छोरा मृत भेटिएका हुन्।

‘३६ वर्षका प्रशान्त अधिकारी, उनकी श्रीमती ३४ बर्षीया सुस्मिता अधिकारी र उनीहरुका १५ वर्षीय छोरा मृत भेटिएको जानकारी आएको छ’, तर थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले थाहाखबरलाई भनिन्।

घरमा रहेको कुकुर पनि मृत भेटिएको छ। अहिले महानगरीय अपराध महाशाखाको टोली र महानगरीय प्रहरी परिसर भक्तपुरको टोली पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ। 

थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्। उनका अनुसार प्रहरी कर्मचारीसमेत रहेका मृतकका भाइ मासु लिएर दाइ भाउजूको घरमा पुर्‍याउन जाँदा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.