|

अर्घाखाँची : रूपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा यही भदौ १४ गते भर्ना भएका रूपन्देही ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

उनका अनुसार ती पुरुषमा श्‍वासप्रश्वास र ज्वरोको समस्या थियो। अरू दीर्घरोग नभए पनि अवस्था चिन्ताजनक बन्दै गएपछि राति करिब १२:३० बजे मृत्यु भएको थापाले बताए।

कोरोना विशेष अस्पतालमा १६ जनाको आइसियुमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ। तर, प्रयाप्त दक्ष प्राविधिक स्वास्थ्यकर्मी  नहुँदा संक्रमितको उपचारमा थप समस्या भइरहेको डा. थापाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.