|

काठमाडौं : भारतमा पछिल्लो २४ घन्टामा ९४ हजार भन्दा बढि कोरोना संक्रमित थपिएका छन्। 

त्यहाँ ९४ हजार ४ सय ९ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ। यस्तै भारतमा एकैदिन ११ सय भन्दा धेरै संक्रमितको मृत्यु भएपछि कुल मृतकको संख्या ७८ हजार ६ सय १४ पुगेको छ।  

अमेरिकामा ३७ हजार ४ सय ४४ संक्रमित थपिएका छन् भने हिजो झन्डै ७ सय जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म जम्मा संक्रमितको संख्या ६६ लाख ७४ हजार ७ सय ६३ र मृतकको संख्या १ लाख ९८ हजार १ सय १९ पुगेको छ। 

यस्तै ब्राजिलमा ३१ हजार ८ सय ८० कोरोना संक्रमित थपिँदा कुल संक्रमितको संख्या ४३ लाख १५ हजार ८०० पुगेको छ। हिजो ८ सय संक्रमितको मृत्यु हुँदा कुल मृतकको संख्या १ लाख ३१ हजार २०० पुगेको समाचार एजेन्सीले जनाएका छन्। 

पछिल्लो विवरण अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८९ लाख २८ हजार ७ सय ५० पुगेको छ भने ९ लाख २४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.