|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले हालसम्म एक हजार ८९ जना नगरबासीको पिसिआर परीक्षण गरेको छ। शनिबारसम्ममा उक्त संख्यामा कोरोना परीक्षणको लागि पिसिआर परीक्षण लिएकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिएका छन्।

प्रशासकीय अधिकृत आचार्यका अनुसार शनिबारसम्ममा दुई सय ४२ जना कोरोना संक्रमित भेटिएका छन्। जसमा एक सय ८ जना होम आइसोलेसनमा बस्दै आएका छन् भने, २३ जना अस्पतालको आइसोलेसनमा राखिएको छ।

नगरपालिकाभित्र एक सय ३१ जना क्रियाटिभ संक्रमित छन भने अरु डिस्चार्ज भएका छन। १३ जना विशेषज्ञ डाक्टर सहितको र्‍यापिड रेस्पोन्स टिम गठन गरी निरन्तर कोरोना रोकथामका लागि नगरपालिकाले पहल गरिरहेको उनले जानकारी दिए।

‘संक्रमित व्यक्तिहरूको उपचार तथा आम स्वास्थ्य सुरक्षाका लागि नेपाल मेडिकल कलेजमा सय बेडको आइसोलेसन कक्षा तयारी अवस्थामा छ,’उनले भने,‘नगरपालिका वडा ४ स्थित सहिद पार्कमा रहेको भवनमा नगरपालिका र लाइन्स क्लब अफ काठमाडौंको सयुक्त पहलमा सुुविधा सम्पन्न ७५ वेडकाृे आइसोलेसन कक्ष सञ्चालनको लागि अन्तिम चरणमा पुगेको छ।’

संक्रमणको शंका भएका तथा आवश्यक देखिएका व्यक्तिले प्रत्येक आइतबार नगरपालिकामा सम्पर्क गरी पिसिआर टेष्ट गर्न सकिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.