बागमतीमा १३ हजारमध्ये ११ हजार संक्रमित कोरोनामुक्त

|

काठमाडौं : उपत्यकामा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढदै गएकाले उपचार गराउनेको संख्या पनि बढ्दै गएको छ। तीनै जिल्लाका विभिन्न अस्पतालमा गरेर उपत्यकामा ६ हजार २ सय ४० संक्रमित आइसोलेसनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ५ हजार २ सय ३, ललितपुरमा ५ सय ३७ र भक्तपुरमा ५ सय जना संक्रमित उपचाररत छन्।

मन्त्रालयको पछिल्लो जानकारीअनुसार उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ३८ पुगेको छ। काठमाडौंमा ९ हजार ५ सय ८८,भक्तपुरमा ९ सय ८९ र ललितपुरमा १ हजार १ सय ६१ रहेको छ।

त्यसैगरी उपत्यकामा हालसम्म मृत्यु भएका मध्ये ७४ जनामा संक्रमण पाइएको छ। जसअनुसार काठमाडौंमा ५५, भक्तपुर १२ र ललितपुरमा ७ जना छन्। सरकारी तथ्यांक अनुसार काठमाडौंका विभिन्न अस्पतालबाट ४ हजार ३ सय ३० डिस्चार्ज भएका छन्। साथै ५ हजार २ सय ३ जना उपचाररत छन्।

ललितपुरमा १ हजार १ सय ६१ संक्रमित भएका र तीमध्ये ६ सय १७ डिस्चार्ज भइसकेका छन्। ललितपुरमा ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। ५ सय ३७ जना उपचाररत छन्।

त्यसैगरी सबैभन्दा थोरै संक्रमति रहेको भक्तपुरमा संक्रमित संख्या ९ सय ८९ पुगेको छ। यहाँ ४ सय ७७ भने कोरोनामुक्त भइसकेका छन्। भक्तपुरमा १२ जनाको मृत्यु र ५ सय संक्रमित उपचाररत छन्।

योसँगै बागमती प्रदेशमा कोरोना संक्रमित संख्या १३ हजार ८९ पुगेको छ। जसमध्ये १० हजार ८ सय ३१ जना डिस्चार्ज भएका छन् भने १ सय ११ जना संक्रमितको मृत्यु र २ हजार १ सय ४७ जना संक्रमित उपचारत छन्।

बागमतीमा सबैभन्दा बढी संक्रमित संख्याका साथै मृत्यु पनि अन्य प्रदेशको तुलनामा अधिक छ। बागमतीमा सबैभन्दा बढी काठमाडौं र कम संक्रमित रसुवामा १८ जना छन्। रसुवामा १ जनाको मृत्यु भएको छ।

बागमतीमा शून्य मृत्युदर रहेका जिल्ला नुवाकोट,रामेछाप र सिन्धुली छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.