|

कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट छोराको मृत्यु भएको १७ दिनपछि आमाको पनि कोरोनाबाटै मृत्यु भएको छ।

मायादेवी गाउँपालिका–७ हर्नामपुर लालपुरका ६५ वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको हो। उनलाई भदौ २५ गते झाडापखाला लागेपछि उपचारका लागि युनिभर्सल कलेज मेडिकल शिक्षण अस्पताल भैरहवा लगिएको थियो। उक्त रक्तचापसमेत रहेका उनमा उपचारकै क्रममा पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

ती महिलाको छोराको भदौ ११ मा कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो। उच्च ज्वरो आएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएका उनको त्यही मृत्यु भएको थियो। छोराको मृत्युपछि स्वाब परीक्षण गर्दा परिवार सबैको रिपोर्ट नेगेटिभ आएको थियो। तर, छिमेकी दुईजनामा कोरोना देखिएको थियो ।

आइसोलेसन अभाव

गाउँमा संक्रमित फेला परे पनि मायादेवी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन बन्द भएपछि संक्रमित घरमै बस्दै आएका छन्। ग्रामीण क्षेत्रका घरमा सरकारको तोकेको मापदण्ड पूरा गर्न नसकिए पनि बाध्य भएर घरमै बस्नु परेको छ। होम आइसोलेसनबाट कोरोना संक्रमण भएको हुन सक्ने कोरोना फोकल पर्सनकुमार थापाले बताएका छन्।

मायादेवी गाउँपालिकामा अझै पनि १६ जना सक्रिय केस रहेको छ। तर, गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन सञ्चालनमा आएको छैन। साउनको अन्तिम सातादेखि कपिलवस्तुका केही ठाउँमा  समुदायस्तरमा कोरोना संक्रमित भेटिँदै आएको छ। तर स्थानीय सरकार भने आइसोलेसन सञ्चालन गर्नमा चासो देखिएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.