खेलकुद

थिएमले जिते यूएस ओपन टेनिसको उपाधि

भदौ २९, २०७७

    यूएस ओपन टेनिसको उपाधि डोमिनिक थिएम जितेका छन्। दुई सेटले पछाडि रहेको स्थिति उल्टाएर जर्मनीका पाँचौं वरीयतामा एलेक्जेन्डर जेभरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ ले हराए।

    दोस्रो वरीयताका २७ वर्षीय थिएम यूएस ओपन जित्ने पहिलो अस्ट्रियाली भएका छन्। आर्थर ऐस स्टेडियममा भएका खेल ४ घण्टा २ मिनेट चलेको थियो।  यसअघिका तीन ग्रान्ड स्लाम फाइनलमा हार बेहोरेका थिएम यसपल्ट पराजित हुने स्थितिमा पुगेका थिए, तर त्यसयता उनले अविश्वसनीय उत्कृष्ट खेल प्रदर्शन गरे।

    जेभरेभ भने पहिलो पल्ट ग्रान्ड स्लाम फाइनल खेलेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]