|

विराटनगर : विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडले प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोष एघार लाख रुपैया सहयोग गरेको छ।

फाइनान्सका अध्यक्ष सुयस प्याकुरेलले मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय आइतबार एघार लाखको चेक हस्तान्तरण गरेका हुन्।

फाइनान्सले समाजिक उत्तरदायित्व कोष अन्तरगत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ सहयोग रकम जम्मा गरेको अध्यक्ष प्याकुरेलले जानकारी दिए।

चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक सुवास आचार्य,डाक्टर प्रमोद कुमार झा, राजीब कुमार मिश्र, बिष्णु प्रसाद पोखरेल र कार्यकारी प्रमुख भवानी शंकर चापागाईँ र प्रभाकर कुमार देवकोटाको सहभागिता रहेको थियो।

फाइनान्सले मोरङ, सुनसरी र सप्तरी तिन जिल्लालाई कार्य क्षेत्र बनाएर वित्तिय कारोबार गदै आएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा हालसम्म ३४ करोड ७८ लाख ७२ हजार २६२ रुपैया जम्मा भएको छ। 

जसमा २५ करोड ६६ लाख ४२ हजार १७० रुपैया खर्च भएको छ। अहिले कोषमा ९ करोड १२ लाख ३० हजार ९२ रुपैया वचत रहेको छ। पछिल्लो पटक गएको विहिबार मात्र प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि १ करोड १० लाख रुपैया निकासा गरेको थियो।

कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय तह, जिल्ला अस्पताल लगायतलाई १ करोड १० लाख रकम पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.