|

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित सामुदायिक वनले बरामद गरी बुझाएको काठ आफ्नै कर्मचारीको घरमा फेला परेपछि डिभिजन वन कार्यालय सर्लाहीले सोमबारबाट छानविन सुरु गरेको छ।

रामजानकी सामुदायिक वनले गएको जेठ अन्तिम सातातिर तस्करले काटेर छाडेको १० थान सिसौको गोलिया बरामद भएको थियो। उपभोक्ता समूहले बरामद गरेको काठ तत्कालै सब–डिभिजन वन कार्यालय लालबन्दीका फरेस्टर मीनबहादुर चौधरीको जिम्मामा बुझाएको थियो। 

उक्त काठ कार्यालयमा नलगी चौधरीले आफ्नो घरमा लगेर राखेको आइतबार नै पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान अघि बढाएको हो।

फरेस्टर चौधरीलाई तत्कालै विभागीय कारबाहीका लागि सिफारिस गरी घटनाको विस्तृतमा जाँचबुझ गर्न अधिकृतस्तरको छानबिन टोली गठन गरिएको डिभिजन वन सर्लाहीका प्रमुख माधव प्रसाद देवले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.