|

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ। मंगलबार (भोलि) बाट लागु हुने गरी उक्त शुल्क निर्धारण गरिएको कलेजले जनाएको छ। 

यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पिसिआर परीक्षण गर्दै आएको थियो। सरकारले ४ हजार ४ सय रुपैयाँमा पिसिआर परीक्षण शुल्क तोकेका बेला केएमसीका अध्यक्ष डा सुनिल शर्माले २५ सयमै पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको बताएका थिए।  

सरकारले अहिले पुनः पिसिआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ। सोही अनरुप केएमसीले पनि शुल्क पुनर्निर्धारण गर्दै १९ सय ९९ मा झारेको हो ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.