|

अर्घाखाँची : रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार सिद्धार्थनगर नगरपालिका-५ की ६४ वर्षीया महिलाको सोमबार दिउँसो साढे २ बजे मृत्यु भएको हो। अस्पतालको फिभर क्लिनिकमा आएर पीसीआर जाँच गराएकी उनमा कोरोना पुष्टि भएको थियो।

उनलाई ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको थियो। उनी अस्पताल आउँदा ज्वरोले सिकिस्त थिइन्। अस्पतालमा भर्ना गरेर उपचार भैरहेको अवस्थामा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.