|

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९९९ मा पीसीआर परीक्षण गर्ने भएको छ। आजबाट लागु हुने गरी उक्त शुल्क निर्धारण गरिएको कलेजले जनाएको छ।

यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्दै आएको थियो। सरकारले ४४ सय पीसीआर परीक्षण शुल्क तोकेका बेला केएमसीका अध्यक्ष डा.सुनिल शर्माले २५ सयमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका थिए।

सरकारले अहिले पुनः पीसीआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ। सोही अनरुप केएमसीले पनि शुल्क पुननिर्धारण गर्दै १९९९ मा झारेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.