|

बैतडी : बैतडीमा पहिलोपटक कोरोनाको परीक्षण हुने भएको छ। जिल्ला अस्पताल बैतडीमा स्थापना भएको प्रयोगशालामा असोज १ देखि पिसिआर परीक्षण सुरु हुने भएको हो।

प्रयोगशाला सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो। असोज १ देखि पिसिआर परीक्षण सुरु हुने जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. डम्बरजंग सिंहले बताए। उनले भने, ‘मेसिन जडानको काम भइरहेको छ, १ गते उद्घाटन हुन्छ।’

मेसिन जडानको काम एकजना बायोमेडिकल इन्जिनियर, दुईजना बिएमएलटी र दुईजना सिएमएलटीको टोलीले गरिरहेको अस्पतालले जनाएको छ। प्रदेश सरकारले गत चैत १५ मा बैतडीमा पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।

निर्णय गरेको करिब ६ महिनामा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ।  प्रयोगशाला सञ्चालन गर्न करिब ४० लाख खर्च भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. सिंहको भनाई छ । 

बैतडीमै प्रयोगशाला सञ्चालनपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशी बताउँछन्। 

बैतडीमा हालसम्म चार हजारभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ। ती सबैको बाहिरी जिल्लामै गरिएको हो। जसमा ३७५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित सबै डिस्चार्ज भइसकेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.