|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदकी सहायक पौडी प्रशिक्षक नयना शाक्यलाई कोराना संक्रमण भएको छ । नयनाले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएकी छिन्।

आफ्नो घर नजिकको स्टोर होल्डरमा कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा कन्ट्याक्ट ट्रेसिङका क्रममा कोभिड-१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएकी छिन् ।

त्यसको केही दिनपछि भने आफू र श्रीमानमा सामान्य लक्षणहरु देखिएपछि आइसोलेशनमा बसेको र डाक्टरको सल्लाहअनुसार पुनः परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको नयनाले उल्लेख गरेकी छिन् । यस्तै गरी छोराछोरी र परिवारका अन्य सदस्यको पनि परीक्षण गर्दा सानो छोरा इभानको रिपोर्ट पनि पोजेटिभ आएको उनले बताएकी छिन् ।

अहिले डाक्टरको सल्लाह अनुसार आफूहरुलाई घरका अन्य सदस्यबाट अलग गरी क्वारेन्टाइनमा बसेको नयनाको भनाइ छ। नयना शाक्य पौडीसँगै बास्केटबलमा चर्चित नाम हो।

पौडीकी कीर्तिमानी खेलाडी नयनाले बास्केटबलमा पनि राष्ट्रिय महिला टोलीको नेतृत्व सम्हालेकी थिइन्। सन् १९९९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा नयनाले नेपाली पौडीको कीर्तिमान स्वर्ण पदक जितेकी थिइन्।

यसैगरी बास्केटबलमा एसियाली खेलकुदमा भाग लिने उनी पहिलो नेपाली खेलाडी हुन्। उनले २००४ देखि बास्केटबल प्रतियोगिता खेल्न थालेकी थिइन्। तीन अन्तराष्ट्रिय बास्केटबल खेलेकी नयनाले अन्तिम प्रतियोगिताको रुपमा १७ औं इन्चोन एसियाड खेलिन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.