|

संखुवासभा : सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरो पीडितलाई अरुण तेस्रो जलविद्युत् आयोजनाले १० लाख रुपैयाँ सहयोग गरेको छ।

निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो आयोजना एसजेपिडिसी, जेपी एसोसियटर्स र पट्टेल इन्जिनियरिङका कर्मचारीले १० लाख रुपैयाँ सहयोग गरेको सतलज कम्पनीले जनाएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयमा गाउँपालिका अध्यक्ष रामबहादुर कुलुुङ र प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यलाई सतलज कम्पनीका आरसी सुलेरियाले चेक हस्तान्तरण गरेका हुन्। 

गत असार २८ मा गएको पहिरोले बेसिन्दाका १०४ घर विस्थापित भएका छन्। नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए। सतलज कम्पनीले दिएको रकम पहिरो पीडितको व्यवस्थापनमा खर्च गरिने गाउँपालिका अध्यक्ष कुलुङले बताए। अहिले पहिरो पीडितहरुलाई चित्रे, पौखमटार र बुधबारे टेण्ट टाँगेर राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.