नेपालीलाई भारत लैजाने गिरोहका दुई नाइके पक्राउ

|

नेपालगन्ज : अवैध बाटो भएर भारततर्फ लुकीछिपी जाँदै गरेका ५४ जना नेपाली मजदुरहरुलाई बाँके प्रहरीले सीमा नाकाबाट उद्धार गरेको छ। 

रुकुम, जाजरकोट बर्दिया, बाँके र दैलेखका मजदुरहरु नेपालगन्जमा जम्मा भई मध्यरातमा नेपालगन्जबाट पूर्वी क्षेत्रमा पर्ने खडैचा नाका हुँदै भारततर्फ जाँदै गरेका थिए।

नेपाली मजदुरसँग जनही ६ हजार देखि १० हजारसम्म रकम लिएर भारतको सिमलासम्म पुराउने गिरोहका २ जनालाई पनि बाँके प्रहरीले  नियन्त्रणमा लिएको पक्राउ पर्नेमा भारतमा गाडी चलाउने अमर गन्धर्व र नेपालगन्जका शेराज अहमद राई रहेका छन्। दुवैलाई हिरासतमा राखेर प्रहरीले छानबिन थालेको छ। 

कोरोना संक्रमणपछि लागु गरिएको लकडाउनसँगै सरकारले सबै सीमा नाका सिल गरेको छ। नेपालगन्ज रुपैडिहा नाका हुँदै भारत जान भारत सरकारले जारी गरेको आधार कार्ड र भारतको रोजगारदाताले काममा आउनू भनेर पठाएको सूचीमा नाम भएका मात्रै त्यसरी सीमा पार गर्न सक्छन्। 

तर त्यस्तो कुनै व्यवस्था नभएका नेपाली कामदारबाट मोटो रकम असुलेर  विभिन्न गिरोहले अवैध रुपमा लुकीछिपी भारत पठाउने गरिरहेका छन्। सोही सूचनाका आधारमा बाँके प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.