|

भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत तीनजना प्रहरी, एक थुनुवा र राष्ट्रिय वाजिण्य बैंकका कर्मचारीसहित पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार संक्रमित भएकाहरु ४९, ३९, ३३, २८ र २७ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए। भदौ २५ मा बैंकका कर्मचारीसहित तीनजनामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरी १०१ को स्वाब परीक्षण गर्दा थप पाँचजनामा कोरोना पुष्टि भएको हो। 

सुनसरीको धरानस्थित परीक्षण विपी कोइराला स्वास्थ्य प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो। भोजपुरमा हालसम्म २५ जनामा कोरोना देखिएकोमा नौजना निको भएर घर फर्किसकेका छन्। १६ जना आइसोलेसनमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.