|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ तथा छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा समन्वय समितिकी संयोजक डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपालीहरूलाई दशैँअघि नै स्वदेश फर्काउन माग गरेकी छन्।

छाया सरकारकी मन्त्री संग्रौलाले आज बुधबार एक विज्ञप्ति जारी गरी स्वदेश फर्कन पर्खिरहेका नेपालीहरूलाई ल्याउन सरकारले कुनै ठोस योजना ल्याउनुपर्ने बताएकी हुन्।   

उनले सरकारले महँगो रकम तिराएर चार्टर्ड फ्लाइट गराएको भन्दै सरकारले नि:शुल्क रूपमा विदेशिएका नेपालीहरूलाई ल्याउनुपर्ने माग गरेकी छन्। ‘७० हजार रुपैयाँको चार्टर्ड फ्लाइट गरेर सरकारले नेपालीहरूलाई ल्याइरहेको छ। नेपाल आउन चाहने लाखौँ व्यक्ति अझै खाडीमै छन्,’

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय त  बेरोजगार भएर बसेका छन्। अशक्त छन्। जहाजको टिकट किन्न सक्ने क्षमता नभएका पनि छन्। सरकारले वास्ता गर्दैन। सर्वाेच्च अदालतले नि:शुल्क रुपमा चार्टर्ड फ्लाइट गर भनेर आदेश दिए पनि सरकारले मान्दैन यो खेदजनक छ।’  

यस्ता छन् सुझाव

  • कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरूको राहतको आशामा बसेका श्रमिकहरूको पहिचान गरी तत्काल  नि:शुल्क उद्धार गरियोस्।

  •  श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्चको आदेशअनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस्।
  •  विदेशमा समस्यामा परी फर्किनैपर्ने अवस्थाका हजारौँ श्रमिक दाजुभाइ, दिदी-बहिनीहरूलाई दशैंअगावै स्वदेश फर्काउन सके निशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरूले नै तिर्ने गरी सात दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निशुल्क क्वारेन्टिनको व्यवस्था गरियोस् । 
  •   विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरि देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार व्यापार(व्यवसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गरियोस् ।
  •   अहिले कोरोना संकट भन्दा पहिले नै दुःखद निधन भएका नेपालीहरूका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशीघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.