|

काठमाडौं : हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ।​

बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली आज बिहान ११ बजे काठमाडौं अवतरण गरेको हो। 

 


बहराइनस्थित नेपाली दूतावासका अनुसार, यो टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष विमानबाट नेपालका लागि प्रस्थान गरेको थियो। 

उक्त टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.