कोरोना संकटले केही पर धकेलिन सक्ने

|

पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति ६३ प्रतिशत पूरा भएको छ। सन् २०२१ जुलाईमा निर्माण सम्पन्‍न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ। 

यद्यपि अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ। विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङका लगायतका कामहरु भइसकेका छन्। 

माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ। 

कार पार्किङको कामपनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए। 

निर्धारित समयभन्दा ६ महिना अघि नै निर्माण सक्ने लक्ष्य भए पनि कोरोना महामारी र लकडाउनले चिनियाँ कामदार उतै रोकिएपछि धेरै समय काम हुन सकेन। 

लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले निर्माण केही पर धकेलिएको उनले बताए। विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार छन्। 
विमानस्थल निर्माण सामाग्रीको भने अभाव नरहेको उनले बताए। लकडाउन अघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको थियो। केही सामान कोलकाता बन्दरगाहबाट आइरहेकाले निर्माण सामग्रीको अभाव नहुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.