|

काठमाडौं : चार वर्षे कार्यकाल सकाएर कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणबाट बिदा भएका छन्। तर, सर्वसाधारणले उनको पुनर्बहालीको माग गर्दै सामाजिक सञ्जालदेखि सडकमा प्रदर्शन सुरु गरेका छन्।

कार्यकाल सकाएर बिदा भएको भोलिपल्ट उनको समर्थनमा राजधानीको विभिन्‍न ठाउँमा प्रदर्शन भएको छ। माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

काठमाडौंमा कोरोना संकट चुलिएका बेला पनि प्रदर्शन भएको हो। उपत्यका कोरोना हटस्पट हुँदै गर्दा सडकमा भएको प्रदर्शनले झन् जोखिम बढाउने स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ। 

'कुलमानको समर्थनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेर तितरबितर बनाएको थियो। 'बत्ती बाल्न पाइन्छ, हामीलाई कुलमान चाहिन्छ', बत्ती बेच्‍न पाइँदैन, भ्रष्ट नेता चाहिँदैन', अन्धकारमा बसिन्‍न, लोभलालचमा फसिन्‍न', जस्ता नारा लगाउँदै कुलमानको पक्षमा प्रदर्शन भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.