|

मकवानपुर : बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ। 

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो।

कोभिड-१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम  गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए

बिहीबारको मन्त्रिपरिषद् बैठकले  प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको  आर्थिक मामिला तथा योजनामन्त्री  ढुङ्गेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.