|

काठमाडौं :    पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को हटस्पट रहेको काठमाडौ उपत्यकामा संक्रमणको जोखिमका कारण तीन साता निषेधाज्ञा गरेका  काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि सबै कुरा खुकुलो बनाएका छन्। 

 उपत्यकामा होटल रेष्टुराँ  खोलिएको छ। तर उपत्यकामा संक्रमण झन्  बढ्दै गएको तथ्याङ्कले देखाउँछ।  बिहीबार उपत्यकामा काठमाडौंमा देशकै आधा संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ५०७ जना संक्रमित भेटिएका छन्। त्यसैगरी ललितपुरमा ६१ र भक्तपुरमा ५० जना नयाँ संक्रमित थपिएका थिए।

संक्रमण झन बढ्छ आफ्नो सुरक्षा आफै गरौँ

उपत्यकामा संक्रमण तीब्र रुपमा फैलिँदै बढ्दै गएको बेला बजार सामान्य अवस्थामा जस्तै खुलाउँदा संक्रमण झनै फैलने चिकित्सकहरुले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख सरुवारोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको अनुसार अब सकेसम्म मास्क स्यानिटाइजर सामाजिक दुरी राम्रोसँग पालना गरेर आफ्नो सुरक्षा आफै गर्नु पर्ने बेला आएको बताउछन्।  उनले भने,  ‘अब कोभिडबाट बच्न सबै भन्दा ठूलो कुरा आफ्नो सुरक्षा आफै गर्नु पर्ने बेला आएको छ।‘

उनका अनुसार सरकारले बन्द खुलाए पनि संक्रमण झनै बढ्दै गएको हुँदा बजार खुल्यो संक्रमण हट्यो भन्नु नहुने बताउछन्।  ‘संक्रमण घटेको छैन झनै बढेको छ यो अझै  संक्रमण अझै बढ्छ सुरक्षित हुनु पर्‍यो अनावश्यक रुपमा अस्पताल जना भएन, घरमा भएका जेष्ठ नागरिक दिर्घ रोगीलाई बचाउनु पर्ने बेला छ।‘

 यही रुपमा उपत्यकामा संक्रमण फैलिदै गए भोलि अस्पतालहरुले बिरामीकाे चाप बढेर उपचार नपाएर संक्रमितको ज्यान जान सक्ने उनको तर्क छ।   

 डा‍. बाँस्तोलाका अनुसार पछिल्ला दिनमा संक्रमण फैलिएको ठाउँका साथै भारतबाट समेत मानिसहरु आएका छन्, उनीहरुको पीसीआर टेष्ट पनि भएको छैन।

'लामो दुरीका यातायात खुलेका छन्, जसले गर्दा संक्रमण झनै बढ्छ। उनले भने, ‘अब हामीले पछिल्लो ७, ८ महिनामा कोभिडबाट बच्न जे जति सिक्यौं, त्यसलाई व्यवहारमा उतार्ने वास्तविक वेला आएको छ।  सचेत भएर दैनिक जीवनमा फर्कनुपर्छ।’

कोरोना ‘हटस्पट’ बनेको काठमाडौं महानगरपालिकामा हाल सम्म  ५० भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्। देशभर ३ सय ८३ संक्रमितको मृत्यु भएकोमा काठमाडौंमा मात्र ५० भन्दा बढीको ज्यान गएकाे हाे। काठमाडौं जिल्लामा मात्र ११ हजार भन्दा धेरै संक्रमित रहेका छन्।

नेपालमा कोरोना संक्रमितको  संख्या  ५९ हजार ५ सय ७३ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २ सय  ४१ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.