|

विराटनगर : प्रदेश-१ को प्रदेशसभा हलको आज शिलान्यास गरिएको छ। प्रदेश सरकार गठन भएको साढे दुई वर्षपछि  पहिलो पटक प्रदेशसभा हलको शिलान्यास गरिएको हो।

प्रदेश सभा भवन कहाँ लाने भन्ने बिषयमा सहमति हुन नसक्दा प्रदेशसभा हल निर्माणमा अन्यौता छाउदै आएको थियो।

प्रदेश राजधानी विराटनगरस्थित हालकै प्रदेशसभा भवन परिसरमा नयाँ प्रदेशसभा हल निर्माण हुन लागेको हो। जिल्ला समन्वय समितिको एक बिघा ३ कठ्ठा क्षेत्रफल अन्तर्गतको जग्गामा नँया सभा हल निर्माण गरिने लागेको प्रदेश सचिवालयको कार्यालयले जनाएको छ।

भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ राख्ने भन्ने अन्योल र विवाद पनि अन्त्य भएको छ। यसअघि, प्रदेशसभा हल इटहरी सार्ने आवाज उठ्दै आएको थियो।

एक कार्यक्रमबीच प्रदेश सभामुख प्रदीप भण्डारीले आज प्रदेश सभा हलको  शिलान्यास गरेका छन।उनले आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने लक्ष्य लिएर हल निर्माण शुरु गर्न लागिएको जानकारी दिए।

शिलान्यास कार्यक्रमलाई सभामुख भण्डारीले, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, अर्थमन्त्री इन्द्र आंबो, प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, जनता समाजवादी पार्टीका नेता जयराम यादव, जिसस प्रमुख मोरंग नरेश पोखरेल, प्रदेश सभा सचिव गोपाल पाराजुली लगायतले सम्बोधन गरेका थिए।

प्रदेशसभा सचिवालयका अनुसार हल बनाउन भदौ ३० गते सम्झौता भएको थियो। सम्झौता अनुसार आगामी फागुन २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। हलको कुल लागत २ करोड ५१ लाख ८१ हजार ९ सय ७६ ५५ रहेको छ। यो हल धरानको स्वामीनारायण निर्माण सेवा प्रालिले ठेक्का पाएको छ।

प्रदेशसभाको पहिलो अधिवेशन २०७४ माघ २२ गतेबाट शुरु भएको थियो। प्रयाप्त हलको अभाव हुदा सभा सञ्चालनमा समेत कठिनाइ हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.