|

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ। गत महिना १७०औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार निकालेको वरीयतामा पनि १७० औं स्थानमा रहन सफल भएको हो।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन्। पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौँ स्थानमा पुगेको हो।

एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौं स्थानमा रहेका छन्। दक्षिण एसियाली राष्ट्रमा नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि १०९ औ स्थानमा भारत र १५५औँ स्थानमा माल्दिभ्स रहेको छ।

नेपालभन्दा तल १८७औँ स्थानमा बंगलादेश, १८९ औ स्थानमा भुटान, २००औँ मा पाकिस्तान र २०६ औ मा श्रीलंका रहेको छ। कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ। जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.