बाढी पहिरो र सलहका कारण उत्पादन कम

|

जाजरकोट  : भारी बाढी पहिरोका कारण व्यापक क्षति भएपछि जाजरकोटमा स्वीकृत कोटाभन्दा झण्डै १७ हजार क्विन्टल थप चामल थप गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत सो परिमाणको चामल पठाउन आग्रह गरिएको हो। 

सलह, बाढी पहिरोले सबै खेती र जमिन बगाएकाले खाद्य डिपो थप गर्न पनि आग्रह गरिएको जिल्ला विपत् व्यवस्थापन समितिले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। 

यसअघि जाजरकोटमा १० हजार क्विन्टल चामल स्वीकृत कोटाभित्र रहेर ढुवानी हुँदै आएको थियो। बाढी पहिरोबाट थिलोथिलो भएको डिपो कार्यालय नायकवाडामा ५ हजार, बिक्री केन्द्र काउलीमा ४ हजार क्विन्टल चामल माग गरिएको छ। 

त्यस्तै  चौखा डिपोमा ४ हजार ८०० , घोगीमा १ हजार, दशेरामा १ हजार २००, ताँगामा २ हजार ५००, रजुतरामा ३ हजार २०० कोटा चामल माग गरिएको छ।यस्तै टापुचौरमा २ हजार, घरंगामा २ हजार र दल्लीमा २ हजार क्विन्टल चामल माग गरिएको छ। त्यस्तै  छिमेकी जिल्ला डोल्पामा अघिल्लो वर्षको ढुवानी हुँन बाँकी ४ हजार ५ सय क्विन्टल चामल स्थल मार्गबाट ढुवानी गर्ने निर्णय भएको कम्पनीका डोल्पा प्रमुख कमलराज पाण्डेले जानकारी दिए। 

चार ठाउँमा नयाँ डिपो माग 

पुर्वको बारेकोट गाउँपालिका ८ सेपखोलामा २ हजार क्वीन्टल चामलसहित नयाँ डिपो स्थापना गर्न कम्पनीमा माग गरिएको छ। पश्चिमको शिवालय गाउँपालिका ३ शिवालयमा २ हजार क्विन्टल चामल, छेडागाड नगरपालिका १२, कार्कीगाउँमा २ हजार र  छेडागाड २ साल्मामा २ हजार चामलको कोटासहित डिपो स्थापना माग गरिएको प्रजिअ बरालले जानकारी दिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.