|

विराटनगर : प्रदेश १ मा बिहीबार अहिलेसम्मकै धेरै १ सय ७१ जना संक्रमित थपिएका छन्। यो संख्या गएको २४ घण्टामा थपिएका संक्रमितको हो। योसगै कोरोना संक्रमित हुनेको संख्या प्रदेश १ मा ५ हजार २७१ पुगेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना देखिएको हो।

मन्त्रालयका अनुसार विराटनगरमा ६५ जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन्। मोरङको बढीगंगामा ४ महिला र ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीय तह नखुलेका १ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

उता, सुनसरीको धरानमा ११ महिला र १७ पुरुष, दुहवीमा ३ महिला र १९ पुरुष, इटहरीमा ४ महिला र ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला र १ पुरुष, मेचीनगरमा ३ पुरुष, कन्काईका १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार ४३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ हजार २३९ पुगेको छ। बिहीबार १ हजार १५७ जनाको पिसिआर परीक्षण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.