|

काठमाडौं : नेपाली राजनीतिका लौहपुरुष एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज मनाईँदैछ। 

कांग्रेसले बेलुका ५ बजे रत्नपार्क शान्तिबाटिकामा दीप प्रज्वनल गर्ने तयारी गरेको छ। स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउन्डेसनले कोरोना भाइरस संक्रमित र प्रभावितलाई राहत, उद्धार र सहयोग कार्यक्रमको आयोजना गरेको जनाएको छ। 

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री बनेका गणेशमानले २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कु गरेपछि आठ वर्ष जेल जीवन बिताए। जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ अर्थात फलाम जस्तो कठोर मानिसको उपमा दिइएको हो। 

नेपालमा २००७, २०१७, २०४६ सालमा भएका राजनीतिक परिवर्तनमा सिंहले महत्वपूर्ण योगदान दिएका थिए।   विक्रम संवत् १९७२ साल कार्तिक २४ गते काठमाडौंको याट्खामा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.