|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा किर्ते कागज बनाएर बिक्री गरिएको खप्तड शिक्षा सदनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको छ।

शुक्लाफाँटा नगरपालिका १० मा दर्ता भएको देखाएर केही समयअघि विद्यालय स्थानान्तरण दिनका लागि सिफारिस गरिएपछि विवाद बाहिर आएको थियो। विवाद बाहिर आएपछि शुक्लाफाँटाका शिक्षा प्रमुखलाई कामकाज गर्न रोक लगाएको छ। उनलाई कारबाहीका लागि तालुक मन्त्रालयमा सिफारिस गरिएको छ ।

विद्यालय प्रकरणमा नगर प्रमुख दिल बहादुर ऐरले गल्ती स्वीकार गर्दै क्षमा मागेका छन्। नगरपालिकाले शिक्षा शाखा प्रमुखलाई कारबाहीका लागि सिफारिस गरेपछि अख्तियारमा उजुरी परेको हो।

अख्तियारमा परेको उजुरीमा स्कुल बेचबिखन प्रकरणमा संलग्न कर्मचारीमाथि कारबाही माग गरिएको छ। तत्कालीन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट अनुमति लिएर शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भए पनि विद्यालय सञ्चालन गरिएको थिएन। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.