|

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपनको काममा अहिलेसम्म ६ करोड १५ लाख २९ हजार ६ सय खर्च भएको छ। गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगीण विकास समन्वय समितिले उक्त रकम खर्च भएको विवरण सार्वजनिक गरेको हो।

समितिले प्राचीन गोकर्णेश्वर महादेव मन्दिर पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने र लेपनबाट खिया नलाग्ने भएकाले छाना ताम्रपत्रमा  स्वर्णलेपन पुनर्निर्माण औपचारिक रूपले २०७६ मंसिरबाट काम थालेको थियो।

मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन र बाहिरी पूर्वाधारको काम गरी कुल १५ करोड खर्च लाग्ने समितिका महासचिव दीपक रिसालले जानकारी दिए।

‘यो नेपालकै एक प्राचीन र महत्वपूर्ण मन्दिर हो,’उनले भने,‘मन्दिरलाई आकर्षक बनाउन छाना ताम्रपत्रमा स्वर्णलेपन गरेका हौँ। अहिलेसम्म मन्दिरको छाना निर्माणमा ६ करोडभन्दा बढी खर्च भएको सर्वसाधारणलाई जानकारी गराएका छौँ।’ उनका अनुसार मन्दिरको दुई तलाको छानामा स्वर्णलेपन सकिएको छ। भने अर्को तलाको आधा काम सकिएको छ। 

मन्दिरबाहिर अत्याधुनिक पूर्वाधार बनाइने

महासचिव रिसालका अनुसार मन्दर वरिपरिको २२ रोपनी जग्गामा अत्याधुनिक नृत्य पूजास्थल, पार्किङस्थल, पार्कलगायत पूर्वाधारको काम अहिले निर्माण भइरहेको छ। उनले भने, ‘कुशे औँशीमा यहाँ धेरै भिडभाड हुन्छ। त्यसैले मन्दिर व्यवस्थित ढंगले बनाउन लागि परेका छौँ।’

कोरोना महामारीका कारण समयमा काम सम्पन्न गर्न नसकेको बताउँदै उनले अबको सबै बाँकी काम ढिलोमा एक वर्षभित्र सम्ममा सम्पन्न गर्ने उनले बताए।

गोकर्णेश्वर नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा तीन करोड बजेट दिएको थियो। चालु आर्थिक वर्ष ०७७/०७८ मा पनि नगरपालिकाले तीन करोड बजेट विनियोजन गरेको छ।

स्थानीय भक्तजनबाट तीन करोड उठेको छ भने बाँकी रकम जुटाउन आवश्यक रहेको उनले सुनाए। प्रत्येक वर्षको कुशे औँशीका दिन मन्दिर र गोकर्ण जङ्गलमा ठूलो मेला लाग्ने गर्दछ।

त्यसदिन मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गर्छ। सत्ययुगमा ब्रह्माले नै गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पीण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वास छ। 
धार्मिक विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.